Home page

Freedom To Die

“फ्रिडम टु डाई” नेपाल लगायत विश्वका विभिन्न देशहरु घुमेर त्यहाँका विषयवस्तु र पृष्ठभुमिमा लेखिएको एक प्रयोगात्मक, सामाजिक र समसामयिक विषयका कथाहरुको संग्रह हो । यसमा कथाकारले विदेशमा देखेको आफ्नो अनुभव, अनुभूति र भेटेका नेपालीहरुको दुख, वेदना र पीडाहरुलाई प्रस्तुत गरेका छन् ।

विभिन्न परिवेशमा लेखिएका कथाहरु मध्यको मुख्य कथा “फ्रिडम टु डाई” एउटा काल्पनिक, प्रयोगात्मक, सोचनीय र पढ्दा कौतुहलपूर्ण एवम् आङ सिरिंग पार्ने खालको छ । उक्त कथा विभिन्न अनलाइन संचार माध्यम लगायत सोसियल मिडियामा पाठकहरूमाझ चर्चित भइसकेको छ ।

अन्य कथाहरुमा यात्रा, प्रेम, रोमान्स, साहित्य, आध्यात्म, जीवन दर्शन र विदेशको दिनचर्या जस्ता सुक्ष्म विषयहरुलाई सिर्जनात्मक एवम् कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

साथै, यसमा विदेशी भुमिमा पात्रहरुले गरेका चतुर्याइँ, बठ्याइँ देखि तप्प आशुँ चुहाउने दुखान्तक भोगाईहरु पनि छन् । जुन पाठकको मनमा कैयौं दिनसम्म अड्केर बसिरहन्छन् ।

Pre order Nepali book now


Book Reviews

  • Roshan

    Desperately waiting :)

  • Maya

    Waiting eagarly …..

  • Nepali Keto

    impatiently waiting to read stories….

  • बबुरो

    कतारमा कसरी पाउन सकिन्छ?